इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते | Khabarhub Khabarhub

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।

 कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भने, ‘शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

इरानी सञ्चारमाध्यमले एउटा बस पहाडको सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।
 
इरानको सरकारी समाचार संस्था इरानका अनुसार मार्चसम्म एक वर्षको अवधिमा सडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ३२ बजे

एमालेले यसरी सजाउँदै छ गोदावरीको सनराइज हल (तस्बिरहरू)

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुन लागेको नेकपा

संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौं– मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती

प्रचारप्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा

कञ्चनपुर– दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज