इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते « Khabarhub

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।

 कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भने, ‘शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

इरानी सञ्चारमाध्यमले एउटा बस पहाडको सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।
 
इरानको सरकारी समाचार संस्था इरानका अनुसार मार्चसम्म एक वर्षको अवधिमा सडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ३२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित