सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ | Khabarhub Khabarhub

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्‍याइएको छ । 

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा र मकवानपुरमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्‍याइएको हो ।

आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा चार सय हेक्टर, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा चार सय हेक्टर र मकवानपुरमा एक सय हेक्टर क्षेत्रफलमा डिपट्युबेल निर्माण सिँचाइको व्यवस्था गरिएको हो ।

‘गत आर्थिक वर्षमा सिँचाइका लागि ५० वटा डिपट्युबेल निर्माण सुरु गरिएको थियो । तीमध्ये ४६ वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी निर्माणाधीन छन् । यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म  ३५ करोड खर्च भइसकेको छ’ उनले भने ।
 
निर्माण गरिएका ट्युबेलमध्ये नवलपरासीमा १८, चितवन २३ र मकवानपुरमा पाँच वटा रहेका इन्जिनियर केसीले जानकारी दिए । चितवनमा २९ वटा ट्युबेल निर्माण गर्ने योजनाअनुसार काम गरिएको भन्दै केही निर्माणाधीन रहेका उनले बताए। 

उनले भने, ‘सतह सिँचाइको सुविधा नभएका ठाउँमा भूमिगत सिँचाइको व्यवस्था गरिएको हो ।’
 
कार्यालयले अघिल्लो आर्थिक वर्षसम्म चार हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको थियो । गत आर्थिक वर्षको उपलब्धिसँगै हालसम्म पाँच हजार २०० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुर्‍याइएको कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ३९ बजे

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको