बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड « Khabarhub

बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अहिले घरमै आराम गरिरहेका छन् ।

दमको समस्या रहेका उनी पछिल्लो पटक जेठ १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर अहिले टोखा हाइटस्थित घरमा गएका छन् । ७९ वर्षीय उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो ।

दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि शिक्षण अस्पतालको आईसीयूमा राखेर उनलाई डा. निरज बमसहितले उपचार गरेका थिए। अस्पतालमा हुँदा पनि किताब लेखेका उनी केही वर्षयता निरन्तर बिरामी छन् ।

केही वर्षदेखि घर र अस्पताल आवतजावत बढाएका उनले पछिल्लो समय अस्पताल फर्किनु परेको छैन।

घरमै आराम गरिरहेका उनलाई आइतबार सशस्त्र संघर्षका क्रममा उनका सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमै पुगेर भेटेका छन् ।

उनले वैद्यको स्वास्थ्यअवस्थामा क्रमश: सुधार आएको देखेर आफूलाई खुसी लागेको बताएका छन् ।

‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ’, दाहालले भनेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

यसअघि १२ असारमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीले पनि वैद्यलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

पुन र घर्ती दम्पत्तिले वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ३३ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति