चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी « Khabarhub

चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका संस्थाहरुले केबलकार बनाउन व्यवयासी चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको आरोप लगाएका छन् ।

आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चन्द्र ढकालको ग्लोबल आईएमई ग्रुप र आईएमई ग्रुपले विश्व बैंक मातहत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसीबाट ऋण लिएको आरोप लगाएका हुन् ।

चन्द्र ढकालको व्यवसायिक समूहले केबलकार परियोजना सहयोगका रुपमा आईएफसीबाट हालसम्म १ लाख ५६ हजार ७ सय ४६ देखि २ लाख ५० हजार अमेरिकी डलर र ऋणका रुपमा २० मिलियनदेखि ५०० मिलियन अमेरिकी डलरसम्म लिएको दाबी गरिएको छ । त्यसबाहेक आईएमई समूहले अन्य विदेश लगानीकर्ताबाट समेत पैसा प्राप्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसरी निजी कम्पनीले अन्तर्राष्ट्रिय वितिय संस्थाबाट ऋण (लिँदा) सरकार जमानी बस्नुपर्ने भन्ने बुझिन आएको र यसबारे अझै थप जानकारी प्राप्त गरी यकिन पुष्टी गर्ने चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विदेशी संस्थाबाट ऋण लिएर मुक्कुमलुङमा केबलकार निर्माणको तयारी भएपछि अब आफूहरु पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारीमा रहेको उनीहरुले चेतावनी दिएका छन् । पीडित समुदायप्रति भएको अन्यायको विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा ‍कानूनी उपचार खोजिएको उनीहरुको भनाइ छ ।

आईएफसीबाट लिइएको परियोजना सहयोग र ऋणका बारेमा यसको उजुरी हेर्ने निकाय, मानव अधिकार उल्लंघनका घटना हेर्ने निकायहरु, संयुक्त राष्ट्रसंघअन्तर्गतका मानव अधिकार हेर्ने विषयगत समितिमा उजुरी दायर र यूपीआरमा पेश भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २८ बजे

फिफा विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई