स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।

संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन् ।

आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै  कीर्तिपुर पुगेका थिए । स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले कक्षाको ढोका खोल्देऊ सरकार, अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाइ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।

इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएका छन् । यस पटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन् । संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरूको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : ३६ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी