स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।

संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन् ।

आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै  कीर्तिपुर पुगेका थिए । स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले कक्षाको ढोका खोल्देऊ सरकार, अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाइ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।

इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएका छन् । यस पटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन् । संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरूको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : ३६ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ