‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’ « Khabarhub

‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्ध गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।

गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा प्रतिपक्षमा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रतिको दृष्टिकोण समान रहेको बताए ।

‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस् राष्ट्रिय पुजीलाई प्रबद्र्धन गर्ने हाम्रो खुला नीति छ’, पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सृजना गर्ने, मुलुकको आर्थिक विकसमा योगदान गर्नेहरुलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रुपमा लिन्छौं ।’

त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रुपमा स्थाविपत गर्ने आफूहरु सधैं लापि पर्ने उनको प्रतिबद्धता थियो । पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति हुने बताए ।

जीवन चलाउन श्रम बेच्नेपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै दुईथरिको मिलनबिन्दु भएको उनको भनाइ थियो ।

‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ । उद्यमीले बढी नाफा खोज्छ । उद्यम पनि चल्नुपर्छ । श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन । व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नु हुँदैन’, पुनले भने, ‘बााच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै उनीहरुबीचको ‘मिटिङ प्वाइन्ट हो । श्रम किन्ने र बेच्ने दुवैले एकअर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’

उद्योगीको पुँजी, जमिन, मेशिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबीच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो ।

उनले राष्ट्रिय पुँजीपतिहरुलाई प्रवद्र्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर संगठनलाई पनि सोही नीति अनुशरण गर्न अपिल गरे । उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे ।

पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्ड स्टार जुत्ता मुलुककै गर्ब गर्न लायक उत्पादन भएको बताए । आफूहरुले जनयुद्धको समयमा गोल्ड स्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे ।

त्यहीकारण राज्य सञ्चालकले गोल्डस्टारको उत्पादन, बिक्री वितरण गर्नेदेखि प्रयोगकर्तालाई समेत दुःख दिएको उनले बताए ।

‘राज्य वा प्रहरी प्रशासनले गोल्ड स्टार जुत्ता लगाएको मानिस माओवादी हो, देख्नेबित्तिकै गोलीले सुट गर्नु भनेर आदेश दिएका कारण कतिपय स्थानमा घटना पनि घटेका छन् । गोल्ड स्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ’, पुनले भने ।

गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोडको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे ।

‘हामी धेरैजसो विदेशी सामान किन्छौं । विदेश निर्यात गर्ने हामीसँगै कमै उत्पादन छन् । गोल्ड स्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरबको कुरा हो’, पुनले भने, ‘ गोल्डस्टार नेपालको राष्ट्रिय ब्राण्ड हो । हामी सबै चिज किन्छौं, तर विदेशमा जाँदा हामीले बेच्ने चिज पनि छ है भन्ने गौरब गोल्डस्टार भएको छ । झट्ट हेर्दा व्यापार हो । तर यसमा हाम्रो राष्ट्रिय पहिचान पनि हुँदोरहेछ । भारत, अमेरिका वा युरोपको बजारमा गएर गोल्डस्टार किन्दा गरौब हुन्छ किनकी त्यसमा ‘मेड इन नेपाल’ लेखिएको छ ।’

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ५६ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा