ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन « Khabarhub

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता आफैंले नवीकरण गरिदिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भएको वार्तापछि एमाले कार्यालय परिसरमा पत्रकारहरूसँग बोल्दै उनले नवीकरणको निर्णय गर्ने मान्छे आफैं भएकाले सदस्यता पेन्डिङमा छ भन्ने कुरा बेठीक भएको बताएका हुन् ।

यसअघि महासचिव शंकर पोखरेलले नेपाल प्रेससँगकको अन्तर्वार्तामा विद्या भण्डारीको सदस्यता नवीकरण भइसकेको भन्ने कुरा सम्झिँदै उनले सदस्यता नवीकरणको विवाद नरहेको बताएका हुन् ।

पूर्वराष्ट्रपतिले अध्यक्षमा दाबी गरिरहेका बेला अब सदस्यता नवीकरणका लागि संघर्ष गर्ने कुरा हावादारी भएको उनले बताए ।

उनले पार्टीको पोलिटब्युरो बैठकमा पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको सदस्यता पेन्डिङमा छ भनेर नबोलेको बताएका छन् । नवीकरण गरिसकेको सदस्यता पेन्डिङमा छ भनेर कसैले नबोलेको पनि उनले बताए ।

उनले भेटघाट पनि पूर्वराष्ट्रपतिलाई राजनीतितमा दिइने स्थानबारे नै कुराकानीका लागि भएको बताए ।

‘यो भेटघाटको मेलो मैले मिलाएको होइन । पोलिटब्युरोले गरेको निर्णय हो । तपाईंहरूलाई थाहै छ, कुराकानी पनि अहिलेकै विषयमा भएको हो’, उनले भने, ’उहाँको पार्टी सदस्यताको कुराबारे दुईजनाबीच छलफल भएको हुनुपर्छ ।’

उनले पूर्वराष्ट्रपतिले अध्यक्षको लागि दाबी गरेकोबारे आफूले केही भन्न नसक्ने बताउँदै भोलिका दिनमा थाहा हुने उल्लेख गरे ।

‘सदस्यता नवीकरण गरिसकेको कुरा त महासचिवले नै भनिसक्नु भएको छ । अब उहाँलाई के जिम्मेवारी त के दिने भन्ने हो’, उनले भने, ‘प्रवक्ताले के भन्नु भयो भन्नु भयो तर अध्यक्षले सदस्यता पेन्डिङमा रहेको कुरा भनेको थाहा छैन । उहाँहरूबीच पनि कुनै असमझदारी छैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ३१ बजे

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

पोखरा – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा

पूर्णबहादुरले हात उठाएपछि कस्तो होला सुर्खेत-१ को चुनावी अंकगणित ?

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका पूर्णबहादुर खड््काले

क्यानडाका प्रधानमन्त्री कार्नी भारत भ्रमणमा

नयाँ दिल्ली- क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित