विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह « Khabarhub

विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ । 

कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेका सन्दर्भमा सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत् र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले जानकारी दिए ।
 
कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।

बैठकले हालै रसुवामा गएको बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट निर्णय भएबमोजिम भन्सार पूर्वाधार, सडक, विद्युत् र अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको उपसचिव सुनारले बताए ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २६ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको