सोलुखुम्बु- निर्माणाधीन पक्की पुल बाढीले पुरिँदा आइतबार दिँउसोदेखि दूधकोशी नदी थुनिए आएको संकट करिब टरेको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ र ४ जोड्ने दुधकोशी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाको बाढीले पुरिएपछि थुनिएको थियो ।
सिखु खोलाबाट आएको गेग्रानसहितको बाढीले पुल पुरिएपछि दूधकोशी नदी थुनिएर एक किलोमिटर लामो ताल बनेको स्थानीयले बताएका छन् ।
सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एउटा स्पानको अधिकांश भाग पुरिएको छ । त्यसकैकारण दुधकोशी नदीको बहाब रोकिएको थियो ।
केही दिनदेखि नै बाढीले पुलमा क्षति गरेको थियो । तर शनिबार रातिदेखिको बाटीले पुलमा ठूलो क्षति गरेर पुरेको हो ।
पानीको सतह बढ्दै जाँदा हाल एक किलोमिटर लामो क्षेत्रमा पानी जमेर ताल बनेको थुलुङ दुधकोशी गाउँपालिका–२ का वडा अध्यक्ष युजन बस्नेतले बताए
बाढीले नदी थुनिए पनि स्थानीयको सहयोगमा पानीको वहाब खुलाइएकाले अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।
सोलुखुम्बुको थुलुङदुधकोशी २ र ४ नं वडा जोडिने काङेल बात्तिम–वादे जुबु सडकखण्डमा कोशी प्रदेश सरकारको बहुवर्षे ठेक्काबाट निर्माणाधीन पक्की पुल पुरिँदा दूधकोशी नदी थुनिएर झण्डै एक किलोमिटरसम्म पानी जमेको थियो। अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
गत असार २६ गतेको वर्षापछि सिख खोलाबाट आएको गेग्रानसहितको बाढीले ढुंगा र वालुवा थुपारेर नदीको बहाब अवरुद्ध भएको थियो ।
दूधकोशी नदीको सतह बढ्दा ८६ मेगावट क्षमताको सोलुखोला–दुधकोशी जलविद्युत आयोजनाको पावर हाउससमेत जोखिममा पर्ने अवस्था थियो ।
प्रतिक्रिया