जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप « Khabarhub

जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’ पक्राउ परेका छन् ।

२०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले खबरहबलाई बताए

उनका अनुसार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइसकिएको छ ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको थियो ।

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँदै आएका छन् । उनीविरुद्ध घटनाका समयमा नाबालिक रहेकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले थालेको थियो । तर उनी भागेर भारत गएको खुलेको थियो ।

जाहेरीमा डा. झाले एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको थियो ।

१७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।

प्रहरीका अनु्सार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन् । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।

अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । त्यो जाहेरी २०८१ फागुन ३ गते प्रहरी परिसरमा दर्ता भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : १० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण