सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते | Khabarhub Khabarhub

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।

कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए।

“नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो । घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ”, उनले भने, “सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।”

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

सिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो । त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

यसअघि पनि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समिति गठन गरिएको थियो । डेढ महिनाअगाडि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : २६ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५