भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक « Khabarhub

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ।

आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरे। सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।

इङ्गल्यान्डका दुई प्रारम्भिक ब्याटर बेन डकिन्स र एडम थोमसले अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ तथा रेउले ५९ रन प्रहार गरे। एकांश सिंहले ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गरेपछि इङ्गल्यान्ड सम्हालिएको हो।

भारतका आदित्य राउत, आरएस अम्बरिस र नमन पुस्पकले दुईदुई विकेट लिएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ४६ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६