बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना | Khabarhub Khabarhub

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृतक र घाइतेको पहिचान भने सार्वजनिक भइनसकेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

घाइतेलाई राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी प्रतिष्ठानमा भर्ना गरिएको प्रोथोम आलोले जनाएको छ ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् ।

यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ । त्यसबाहेक उद्धारका लागि बोर्डर गार्डका दुई प्लाटुन सैनिक परिचालन गरिएको छ ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ०७ बजे

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका