कृषिमन्त्री अधिकारीको एक वर्ष : के-के भए उपलब्धी ? « Khabarhub

कृषिमन्त्री अधिकारीको एक वर्ष : के-के भए उपलब्धी ?


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरू भएको बताएका छन् ।  

सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।

यस अवधीमा विगत लामो समय देखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको उनले बताए । 

त्यस्तै रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गरे ।

उनले कृषि क्षेत्रको एकीकृत कानुनको रुपमा रहेको कृषि विधेयक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भै मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको  पनि जानकारी दिए ।

मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सम्बन्धी अध्ययन गरी पुनर्संरचना एंव व्यवसायिक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजिकरण सम्बन्धी कार्य गरिएको बताए ।

उनले चालु आर्थिक वर्षमा बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, प्रांगारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली-वस्तुहरुको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारेको उल्लेख गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २१ बजे

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार