काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र « Khabarhub

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्‌घाटन गरिएको हो ।

केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा पहुँचका लागि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको बताए।

‘अशक्तहरूका लागि निःशुल्क रूपमा कानुनी सहायता गर्ने हेतुले अदालतमै कार्यकक्ष उपलब्ध गराएर सेवा सुरू गरिएको हो, अब वैतनिक वकिल नभेटिने अवस्था रहँदैन’, उनले भने, ‘न्यायमा पहुँच नपुग्नेका लागि यो निःशुल्क सेवाले पैसा खर्च गर्न र नसक्नेहरूले कानुनी उपचारमा सहभागी हुन पाउने अवस्था आएको छ, यो राम्रो कुरा हो ।’

 अदालतमा सुरूदेखि नै एक जना वैतनिक वकिल र एक कानुनी सहायता अधिकृतको व्यवस्था भए पनि आफ्नै कार्यकक्ष गरिएको थिएन । वैतनिक वकिल र कानुनी सहायता अधिकृतलाई भेट्नै मुस्किल परेको भन्ने गुनासो आएपछि अदालतले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कम्तीमा एक अधिकृत कार्यकक्षमै रहने गरी कानुनी सहायता केन्द्रको स्थापना गरेको हो ।

आर्थिक विपन्नता, अपाङ्गता, अशक्तता र कानुनी सहायता आवश्यक भएका सेवाग्राहीका लागि प्रत्येक अदालतमा निःशुल्क बहस पैरवीलगायत कानुनी सेवा गर्न वैतनिक वकिलको व्यवस्था हुने गरेको छ । सो अदालतमा दैनिक आठ हजार सेवाग्राहीको भीड रहने गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १४ बजे

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार