हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । 

भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो । प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताए।

 हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए । पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् । 

सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ३९ बजे

बालेनले भने- ‘हत्याराको राजीनामा आयो, अब संयमित हुनुस्’

काठमाडौं– काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले युवा आन्दोलनकारीलाई संयमित हुन

मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी

काठमाडौँ – प्रदर्शनकारीहरूले मधेशको शिक्षा तथा संस्कृति मन्त्रालय र भौतिक

‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’

काठमाडौँ – मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको

बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको