नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान « Khabarhub

नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयन गर्न भारत सरकारले करिब ३९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ।

यस सम्बन्धमा काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको भारतीय दूतावासले जनाएको छ।

सम्झौताअनुसार भारत सरकारको अनुदानमा बन्ने परियोजना

१. धनुषा – बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन निर्माण
२. पर्सा – पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय निर्माण
३. अछाम – मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय भवन निर्माण
४. बारा – प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय, छात्रावास तथा पुस्तकालय निर्माण
५. मनाङ – नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माण

यी परियोजनाहरू सम्बन्धित स्थानीय तह र नेपाल सरकारका निकायमार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ ।

भारतीय दूतावासका अनुसार, विद्यालय तथा अस्पताल भवन निर्माणजस्ता संरचनाले स्थानीय जनतालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न योगदान गर्नेछ।

सन् २००३ यता भारत सरकारले नेपालभरि ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ। तीमध्ये ४९६ परियोजनाहरू सम्पन्न भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा छन्।

भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धको आधारमा भारतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनसाधारणको सशक्तिकरणमा निरन्तर सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०९ बजे

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता

२६ दिनमै मन्त्री खुस्किएपछि कलाकारको व्यङ्ग्य : जोगीलाई मन्त्री बनाउने कि ?

काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा