ताइवानसँगको सम्बन्धलाई कायमै राख्छौँ : पारागुएका राष्ट्रपति पेना | Khabarhub Khabarhub

ताइवानसँगको सम्बन्धलाई कायमै राख्छौँ : पारागुएका राष्ट्रपति पेना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी मुलुक पारागुएका राष्ट्रपतिले ताइवानसँगको सम्बन्धलाई कायमै राख्ने दृढता व्यक्त गरेका हुन् । पारागुएका राष्ट्रपति सान्टियागो पेनाले ताइवानसँगको ६८ वर्ष लामो सम्बन्ध रणनीतिक एवम् मूल्य–मान्यतामा आधारित रहेको टिप्पणी गरे ।

उनले यस सम्बन्धलाई सबै शक्ति प्रयोग गरी ‘चर्को स्वर’ मा रक्षा गरिने बताए । ताइवान र पारागुएका व्यवसायिक प्रतिनिधिसँग राजधानी अनुन्सियोनमा भेटवार्ता गर्दै राष्ट्रपति पेनाले ताइवानसँगको सम्बन्धले पारागुएको सार्वभौम विदेश नीति तथा लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धता दर्शाउने उल्लेख गरे ।

यसअघि गत डिसेम्बर महिनामा पारागुएले ताइवानको मामिलालाई लिएर आफ्नो मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । पारागुए ताइवानलाई औपचारिक मान्यता दिने दक्षिण अमेरिकाको एकमात्र मुलुक हो ।

राष्ट्रपति पेनाले कुनै समय ताइवानमा अध्ययन गरेका थिए । उनी ताइवानको पक्षधर नेता मानिन्छन् ।

साम्यवादी शासन व्यवस्था रहेको चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । लोकतान्त्रिक शासन सञ्चालन गर्दै आएको ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर आफ्नो मातहत ल्याउने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ०३ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजमा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार