ताइवानसँगको सम्बन्धलाई कायमै राख्छौँ : पारागुएका राष्ट्रपति पेना « Khabarhub

ताइवानसँगको सम्बन्धलाई कायमै राख्छौँ : पारागुएका राष्ट्रपति पेना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी मुलुक पारागुएका राष्ट्रपतिले ताइवानसँगको सम्बन्धलाई कायमै राख्ने दृढता व्यक्त गरेका हुन् । पारागुएका राष्ट्रपति सान्टियागो पेनाले ताइवानसँगको ६८ वर्ष लामो सम्बन्ध रणनीतिक एवम् मूल्य–मान्यतामा आधारित रहेको टिप्पणी गरे ।

उनले यस सम्बन्धलाई सबै शक्ति प्रयोग गरी ‘चर्को स्वर’ मा रक्षा गरिने बताए । ताइवान र पारागुएका व्यवसायिक प्रतिनिधिसँग राजधानी अनुन्सियोनमा भेटवार्ता गर्दै राष्ट्रपति पेनाले ताइवानसँगको सम्बन्धले पारागुएको सार्वभौम विदेश नीति तथा लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धता दर्शाउने उल्लेख गरे ।

यसअघि गत डिसेम्बर महिनामा पारागुएले ताइवानको मामिलालाई लिएर आफ्नो मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । पारागुए ताइवानलाई औपचारिक मान्यता दिने दक्षिण अमेरिकाको एकमात्र मुलुक हो ।

राष्ट्रपति पेनाले कुनै समय ताइवानमा अध्ययन गरेका थिए । उनी ताइवानको पक्षधर नेता मानिन्छन् ।

साम्यवादी शासन व्यवस्था रहेको चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । लोकतान्त्रिक शासन सञ्चालन गर्दै आएको ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर आफ्नो मातहत ल्याउने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ०३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।