सिरहा कारागार झडपबारे प्रतिवेदन तयार « Khabarhub

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा कारागार प्रशासनले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

कारागार प्रमुख सुवोध महतोले झडपको कारण, घटनास्थलको विवरण, कैदीबन्दीको सङ्लग्नतालगायत पक्ष समेटिएको प्रतिवेदन तयार पारिएको बताए ।

उनले प्रतिवेदन तयार भएको र मङ्गलबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएपछि आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढ्ने बताए ।

कारागारभित्र ‘मुख्य नाइके’ को विषयमा भएको विवाद भएको र सोही कारण देखाउँदै उत्पन्न झडपमा १३ जना कैदीबन्दी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख चेतराज बरालले कारागारबाट प्राप्त प्रतिवेदनको आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले भने ,“कारागारले प्रतिवेदन दिएपछि प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्नेछ, त्यसपछि सत्य तथ्यका आधारमा कानुनी कारबाही अघि बढ्नेछ ।”

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : १३ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति