सिरहा कारागार झडपबारे प्रतिवेदन तयार | Khabarhub Khabarhub

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा कारागार प्रशासनले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

कारागार प्रमुख सुवोध महतोले झडपको कारण, घटनास्थलको विवरण, कैदीबन्दीको सङ्लग्नतालगायत पक्ष समेटिएको प्रतिवेदन तयार पारिएको बताए ।

उनले प्रतिवेदन तयार भएको र मङ्गलबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएपछि आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढ्ने बताए ।

कारागारभित्र ‘मुख्य नाइके’ को विषयमा भएको विवाद भएको र सोही कारण देखाउँदै उत्पन्न झडपमा १३ जना कैदीबन्दी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख चेतराज बरालले कारागारबाट प्राप्त प्रतिवेदनको आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले भने ,“कारागारले प्रतिवेदन दिएपछि प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्नेछ, त्यसपछि सत्य तथ्यका आधारमा कानुनी कारबाही अघि बढ्नेछ ।”

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : १३ बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी