झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज | Khabarhub Khabarhub

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो ।

स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ ।

“पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियोे, वर्षायाममा झनै जोखिम हुन्थ्यो,” उनले भने, “पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।” स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो । हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ५२ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५