अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि सञ्चालनमा आएको छ । सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौँ–टिमुरे बस गुड्न थालेको छ ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौँबाट यात्रुवाहक बस टिमुरे पुगेको हो । बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए।

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन् । ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौँतर्फ फर्किएका हुन् ।

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनौं विद्युतीय कार धमाधम काठमाडौँ लैजान थालिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : १२ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५