राजस्व सङ्कलन ७ प्रतिशत बढीले वृद्धि | Khabarhub Khabarhub

राजस्व सङ्कलन ७ प्रतिशत बढीले वृद्धि


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ७ दशमलव ४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।

गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए ।

आव २०८०–०८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो । (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३० बजे

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको

अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

एजेन्सी – चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा

माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी

सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण 

राजविराज– सप्तरीमा  खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल-ट्यांकरमार्फत खानेपानी वितरण