फिल्म ‘कोशेढुङ्गा’को तीज कोसेली : ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’ « Khabarhub

फिल्म ‘कोशेढुङ्गा’को तीज कोसेली : ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकको दोस्रो फिल्म ‘कोशेढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार सुन्धारस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी फिल्ममा सामावेश ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’बोलको तीज गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका शीर्ष तीन नायिका ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाहको नृत्य देख्न सकिन्छ । ‘डान्सिङ’ गीतको भिडियोमा दजनौं कोरसलाई नचाइएको छ ।

यस गीतमा गायक खेम सेञ्चुरी, गायिकाद्वय समीक्षा अधिकारी र दीपिका मगरको स्वर रहेको छ ।

निर्देशक सरोज पौडेलले यो तीजका लागि गीत विशेष कोसेली बन्ने विश्वास राखे । उनले भने, ‘यो गीत नाच्न मिल्ने र राम्रो बनेको छ । आशा छ दिदीबहिनीहरुले यो गीतमा नाँच्दै तीज मनाउनु हुनेछ ।’

नायिका सुरक्षा पन्तले पनि यो गीतले तीजलाई विशेष बनाउने आशा व्यक्त गरिन् ।

यो गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीतकार खेम सेन्चुरी नै हुन् ।

‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको यस फिल्मका नायक आर्यन सिग्लेल हुन् ।

गीत :

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ५९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच