देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस | Khabarhub Khabarhub

देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । 

यसै अवसरमा कांग्रेसका नेता कार्यकर्ताहरु बिपी सङ्ग्रहालय पुगेर बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा कांग्रेस नेता डा शशांक कोइरालाले मुलुकको परिवर्तनमा बिपी कोइरालाको योगदानको चर्चा गरे ।  

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरिएको थियो । 

सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान राखिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ३७ बजे

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु

बेइजिङ- जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक