काठमाडौंको गर्मी ! (तस्बिरहरू) « Khabarhub

काठमाडौंको गर्मी ! (तस्बिरहरू)


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । मानिसहरू गर्मीबाट बच्न छाता ओढेर हिँडिरहेका अथवा शीतल तापिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकामा केही समययता मौसमको प्रवृत्तिमा परिवर्तन आइरहेको छ । केही बेरमा पानी पर्ने अनि एक छिनमा झलमल्ल घाम लाग्ने, एक ठाउँ दर्के पानी ओइरिने अलि पर सुक्खा हुने भइरहेको छ । पानी नपर्दा हुप्प गर्मी हुने तर पानी परेपछि हल्का जाडो हुने काठमाडौंको मौसम छ ।

पानी पर्‍यो भनेर रेनकोट ओढेर हिँड्यो केही किलोमिटर पर पानी परेकै हुँदैन । यस्तो अनुभव धेरैपल्ट तपाई हामीले गरेका छौँ । अलि ठूलो वर्षा भएपछि सडकमा पानी जम्ने र त्यो सुकेपछि धुलो उडेर हैरानी हुने गरेको छ ।

जलवायु परिवर्तनका कारण मौसमी प्रवृत्ति फेरिएको जानकारहरू बताउँछन् । तर यसबारे पर्याप्त अध्ययन भने भएको छैन ।

त्यसो त यस वर्ष मनसुन उत्कर्षमा पुग्दा पनि पर्याप्त वर्षा भएको छैन । जल तथा मौसम विज्ञान विभागले केही दिनअघि भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । तर मधेशमा पानी नपरेर धान रोपाइँ भएको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ