सरकारलाई सार्वजनिक यातायात क्षेत्रको संशोधन प्रस्ताव « Khabarhub

सरकारलाई सार्वजनिक यातायात क्षेत्रको संशोधन प्रस्ताव


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी तथा यातायात व्यवस्था ऐनको सुधारको माग गर्दै आन्दोलनरत यातायात क्षेत्रका व्यवसायी र मजदुरले सरकारलाई संशोधन प्रस्ताव बुझाएका छन् ।

विद्यमान कानुनमा दण्ड, सजायका विषयमा असहमति जनाउँदै आएका व्यवसायी र मजदुरले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, राष्ट्रिय यातायात नीति २०८१ र सडक सुरक्षा विधेयक २०८१ मा संशोधनको प्रस्ताव सरकारलाई बुझाएका हुन् ।

यातायात मजदुर तथा व्यवसायीका माग र मुद्दा समेटेर तयार गरिएको साझा संशोधन सुझाव कार्यदलका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तलाई बुझाइएको बैठकमा सहभागी मजदुर नेता भीमज्वाला राईले बताए ।

सार्वजनिक यातायात क्षेत्रलाई यात्रुमैत्री बनाउने, श्रमिकको सुरक्षालाई प्राथमिकतामा राख्ने र निजी क्षेत्रको लगानीलाई संरक्षण गर्ने सैद्धान्तिक विषय सुझावमा रहेको ज्वालाले बताए । सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकलाई सूचीकरणका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको पनि उनले बताए ।

‘हाम्रो तर्फबाट सुझाव दिएका छौँ, सरकारले उक्त सुझावको अध्ययन गरेपछि पुनः बैठक बस्ने कुरा भएको छ ।’ सङ्घर्ष समितिका संयोजक विजयबहादुर स्वाँरले भने, ‘अध्ययनपछि विभिन्न ऐन, कानुन र नियमावलीका बारेमा छुट्टाछुट्टै बैठक बसेर कार्यदलको साझा धारणा बनाउने र नमिलेका विषयमा विषयगत विज्ञसँगको सल्लाहका आधारमा निष्कर्षमा पुग्नेछौँ ।’

सार्वजनिक यातायात क्षेत्र बचाउ सङ्घर्ष समिति गठन गरेर जेठ १९ र २० गते यातायात व्यवसायी र मजदुरले आह्वान गरेको देशव्यापी हड्तालपछि सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव पन्तको संयोजकत्वमा सार्वजनिक यातायात सुधारका लागि सुझाव सिफारिस कार्यदल गठन गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ३० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै