पहिलो पटक डेटमा जाँदा यी ५ काम गर्दै नगर्नुस् « Khabarhub

पहिलो पटक डेटमा जाँदा यी ५ काम गर्दै नगर्नुस्


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मन परेको मानिस पाउन कसले पो के गर्दैन र ? मन परेको मानिस पाउन जे गर्न पनि तयार हुन्छन् आजकलका प्रेमी प्रेमीकाहरु ।

उनीहरुलाई कसरी आर्कषित गर्ने भनेर सकेसम्म मेहनत गर्दछन् । तर कहिले काहि यसरी गरीएको मेहनत ब्यर्थ जाने गर्दछ । अझ आकर्षित गर्ने मामिलामा पुरुषहरु मात्र अघि छैनन् महिला पनि मनपरेको पुरुष आकर्षित गर्न अनेकौ जुक्ति लगाउछन् ।

तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ति पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । तसर्थ हामी केहि टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउदैछनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।

१. धेरै मेकअप नगर्नुस्

आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केहि महिला धेरै मेकअप गर्दछन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस्, गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।

२. डेटमा पुग्न ढिला नर्गनुस्

केहि महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्याे भने ति पुरुष अर्काे भेटका लागी राजि नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।

३. भोकै नबस्नुहोस्

फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् ।

४. छोटा पहिरन नलगाउनुस्

छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरिरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।

५. बनावटी कुरा नगर्नुहोस्

अरुको नक्कल गर्ने तथा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रती दया जगाउन सक्छ माया होइन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ०० बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन