चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना | Khabarhub Khabarhub

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित बुमराहलाई खेलाउने सम्भावना रहेको कप्तान शुभमन गिलले बताएका छन्।

यस शृङ्खलाका तीन खेलमा बुमराह खेल्ने सहमति भएको थियो। जारी शृङ्खलामा इंग्ल्यान्ड २-१ ले अघि छ।

यसैगरी भारतीय बलर आकाश दीप घाइते भएका छन्। उनलाई टोलीबाट फिर्ता गरिएको छ। उनको स्थानमा सोमबार प्रसिद्ध कृष्ण या अंशुल कम्बोज मध्य कसलाई खेलाउने पक्का भएको छैन ।

गिलले कम्बोजले नै डेब्यु गर्ने सम्भावना प्रबल रहेको बताएका छन्। ब्याटिङमा राम्रो भएका कारण कम्बोजलाई खेलाइने सम्भावना प्रबल छ। गिलले कम्बोजमा खेल जिताउने क्षमता भएका कारण भ्रमणमा रहेको समेत बताए।

यसअघि दोस्रो टेस्टमा आकाश दीपलाई खेलाए बापत धेरैले गिलको आलोचना गरे पनि उनकै कारण भारतले सो खेल जितेको थियो। नितिस कुमार रेड्डी पनि चोटका कारण टोलीबाट बाहिरिएका छन्। ब्याटर साइ सुदर्शनलाई टोलीमा समावेश गरिएको छ। लर्ड्सको टेस्टमा औलामा चोट बोके पनि उनी त्यस चोटबाट बाहिर आएका कारण विकेट किपिङ उनैले गर्ने बताइएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ११ बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै