चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना « Khabarhub

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित बुमराहलाई खेलाउने सम्भावना रहेको कप्तान शुभमन गिलले बताएका छन्।

यस शृङ्खलाका तीन खेलमा बुमराह खेल्ने सहमति भएको थियो। जारी शृङ्खलामा इंग्ल्यान्ड २-१ ले अघि छ।

यसैगरी भारतीय बलर आकाश दीप घाइते भएका छन्। उनलाई टोलीबाट फिर्ता गरिएको छ। उनको स्थानमा सोमबार प्रसिद्ध कृष्ण या अंशुल कम्बोज मध्य कसलाई खेलाउने पक्का भएको छैन ।

गिलले कम्बोजले नै डेब्यु गर्ने सम्भावना प्रबल रहेको बताएका छन्। ब्याटिङमा राम्रो भएका कारण कम्बोजलाई खेलाइने सम्भावना प्रबल छ। गिलले कम्बोजमा खेल जिताउने क्षमता भएका कारण भ्रमणमा रहेको समेत बताए।

यसअघि दोस्रो टेस्टमा आकाश दीपलाई खेलाए बापत धेरैले गिलको आलोचना गरे पनि उनकै कारण भारतले सो खेल जितेको थियो। नितिस कुमार रेड्डी पनि चोटका कारण टोलीबाट बाहिरिएका छन्। ब्याटर साइ सुदर्शनलाई टोलीमा समावेश गरिएको छ। लर्ड्सको टेस्टमा औलामा चोट बोके पनि उनी त्यस चोटबाट बाहिर आएका कारण विकेट किपिङ उनैले गर्ने बताइएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ११ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन