ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत | Khabarhub Khabarhub

ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता श्रेयस तलपडेलाई सर्वोच्च अदालतले एक ठगी आरोपमा अस्थायी राहत दिइएको छ । अदालतले उनको पक्राउमा रोक लगाउँदै सम्बन्धित निकायहरूलाई स्पष्टीकरण माग गरेको छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मामिला मध्य प्रदेशको इन्दौरमा दर्ता गरिएको एक सहकारी संस्था ‘ह्युमन वेलफेयर क्रेडिट को–अपरेटिभ सोसाइटी’ सँग सम्बन्धित छ ।

यो संस्थाले ६ वर्षमा पैसा दोब्बर हुने प्रलोभन देखाएर आमजनताबाट करिब ९.१२ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लागेको छ । पछि संस्थाका कार्यालयहरू बन्द भएपछि पीडितहरूले विभिन्न ठाउँमा एफआईआर दर्ता गर्न थालेका थिए ।

यसै क्रममा २०८१ माघ ९ गते हरियाणाको सोनीपत जिल्लाको हसनपुर गाउँ निवासी विपुल नामक युवकले मुरथल प्रहरी चौकीमा श्रेयस तलपडे, अभिनेता आलोक नाथ लगायत १३ जनाविरुद्ध ठगी र विश्वासघातको आरोपमा एफआईआर दर्ता गरेका हुन् ।

मुद्दामा भनिएको छ– ‘संस्थाले यी कलाकारहरूलाई ब्रान्ड एम्बेसडर बनाएर विश्वास दिलाएको थियो र यो योजनालाई प्रचारप्रसारमा व्यापक रूपमा प्रयोग गरिएको थियो ।’

सुनुवाइमा भारतीय सुप्रीम कोर्टका न्यायाधीशद्वय बीभी नागरत्ना र केबी विश्वनाथनको इजलासले श्रेयस तलपडे लगायत अन्य ब्रान्ड एम्बेसडरहरूलाई एफआईआरमा समावेश गरेको कारणबारे हरियाणा प्रहरी र अन्य सम्बन्धित पक्षहरूलाई नोटिस जारी गर्दै जवाफ मागेको हो ।

यो घटनाले ब्रान्ड एम्बेसडरको जिम्मेवारी र सेलिब्रेटीहरूको छविको प्रयोग कति संवेदनशील हुन सक्छ भन्ने प्रश्न उठाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ४० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार