ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत « Khabarhub

ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता श्रेयस तलपडेलाई सर्वोच्च अदालतले एक ठगी आरोपमा अस्थायी राहत दिइएको छ । अदालतले उनको पक्राउमा रोक लगाउँदै सम्बन्धित निकायहरूलाई स्पष्टीकरण माग गरेको छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मामिला मध्य प्रदेशको इन्दौरमा दर्ता गरिएको एक सहकारी संस्था ‘ह्युमन वेलफेयर क्रेडिट को–अपरेटिभ सोसाइटी’ सँग सम्बन्धित छ ।

यो संस्थाले ६ वर्षमा पैसा दोब्बर हुने प्रलोभन देखाएर आमजनताबाट करिब ९.१२ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लागेको छ । पछि संस्थाका कार्यालयहरू बन्द भएपछि पीडितहरूले विभिन्न ठाउँमा एफआईआर दर्ता गर्न थालेका थिए ।

यसै क्रममा २०८१ माघ ९ गते हरियाणाको सोनीपत जिल्लाको हसनपुर गाउँ निवासी विपुल नामक युवकले मुरथल प्रहरी चौकीमा श्रेयस तलपडे, अभिनेता आलोक नाथ लगायत १३ जनाविरुद्ध ठगी र विश्वासघातको आरोपमा एफआईआर दर्ता गरेका हुन् ।

मुद्दामा भनिएको छ– ‘संस्थाले यी कलाकारहरूलाई ब्रान्ड एम्बेसडर बनाएर विश्वास दिलाएको थियो र यो योजनालाई प्रचारप्रसारमा व्यापक रूपमा प्रयोग गरिएको थियो ।’

सुनुवाइमा भारतीय सुप्रीम कोर्टका न्यायाधीशद्वय बीभी नागरत्ना र केबी विश्वनाथनको इजलासले श्रेयस तलपडे लगायत अन्य ब्रान्ड एम्बेसडरहरूलाई एफआईआरमा समावेश गरेको कारणबारे हरियाणा प्रहरी र अन्य सम्बन्धित पक्षहरूलाई नोटिस जारी गर्दै जवाफ मागेको हो ।

यो घटनाले ब्रान्ड एम्बेसडरको जिम्मेवारी र सेलिब्रेटीहरूको छविको प्रयोग कति संवेदनशील हुन सक्छ भन्ने प्रश्न उठाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ४० बजे

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न