रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी  | Khabarhub Khabarhub

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

दोलखाबाट ल्याइएर कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८०.९५९० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायोको साग उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ४९ बजे

ताजुद्दीन अहमद : जेलमै सैनिकद्वारा हत्या गरिएका बंगलादेशका प्रथम कार्यवाहक प्रधानमन्त्री

काठमाडौं – सन् १९७५ मा बंगलादेशमा सैनिक शासनको अन्त्यपछि केही

इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत

म्यानचेस्टर – इंग्ल्यान्डसँगको चौथो टेस्टमा भारतले ऋषभ पन्तलाई चोटका कारण

साउनमा माछा–मासु किन नखाने ? यस्तो छ मान्यता

काठमाडौं– साउन महिना धर्मकर्म गर्ने महिना । साउनमा विशेष गरी

अनुप र मिलनको चौथो सहकार्य ‘सुम्निमा’

काठमाडौं – ‘अञ्जिला’को व्यावसायिक सफलतापछि निर्देशक मिलन चाम्स फिल्म ‘सुम्निमा’

स्पेन युरो कपको फाइनलमा

काठमाडौं – जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला