उपप्रधानमन्त्री सिंहले भने- एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो  हुँदैन « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो  हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो नहुने बताएका छन् । 

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए ।

‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टी भित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन, ‘उनले भने । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिए । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियो बनाउनुपर्ने बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताए । मधेसमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको भन्दै उनले सरकारले मधेसमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको बताए  ।

मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएको पानीको समस्याका बारेमा केही निर्णय गर्ने जानकारी पनि उनले दिए । 

कार्यक्रममा धनुषा स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यस पटक शहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए । 

उपप्रधानमन्त्री सिंहले धनुषामा शहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका राम सिता विवाह मण्डप र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नेछन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री