उपप्रधानमन्त्री सिंहले भने- एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो  हुँदैन « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो  हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो नहुने बताएका छन् । 

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए ।

‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टी भित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन, ‘उनले भने । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिए । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियो बनाउनुपर्ने बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताए । मधेसमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको भन्दै उनले सरकारले मधेसमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको बताए  ।

मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएको पानीको समस्याका बारेमा केही निर्णय गर्ने जानकारी पनि उनले दिए । 

कार्यक्रममा धनुषा स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यस पटक शहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए । 

उपप्रधानमन्त्री सिंहले धनुषामा शहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका राम सिता विवाह मण्डप र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नेछन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई