'संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्छ' | Khabarhub Khabarhub

‘संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्छ’


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तीमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे । 

नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए । 

उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे । महासङ्घका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए । 

भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि संगठन स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षारोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ५९ बजे

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब