छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु | Khabarhub Khabarhub

छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ ।

बुधबार बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । 

निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ०० बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि

आजको मौसम पूर्वानुमानः देशभर बदली हुने

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।

साताको शेयर बजार : नेप्से ११२ अङ्कले बढ्दा कारोबार खर्ब नजिक

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति

इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

फ्रान्स – फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको