भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित « Khabarhub

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मंगलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो ।

पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चार जना), मुस्कान शेर्पा (पाँच जना), सुब्बा श्रेष्ठ (तीन जना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् । 

अध्यक्ष भोटेका अनुसार रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ । 

हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ । थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ३० बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता