‘सिंगिङ स्टार नेपाल’ले पारिश्रमिक नदिएको जज त्रिशलाको आरोप « Khabarhub

‘सिंगिङ स्टार नेपाल’ले पारिश्रमिक नदिएको जज त्रिशलाको आरोप


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिभिजन रियालिटी शो ‘सिंगिङ स्टार नेपाल’की जज डा. त्रिशला गुरुङले पारिश्रमिक नपाएको खुलासा गरेकी छन् ।

कार्यक्रम सकिएको तीन महिना पूरा हुँदा पनि सम्झौता अनुुसार पारिश्रमिक नपाएपछि उनले सामाजिक सञ्जालमा लेखेकी हुन् ।

अहिले शोका संयोजक तथा निर्देशक प्रमोद भण्डारी सम्पर्कविहीन भएपछि आफू सार्वजनिकरुपमा प्रस्तुत हुन बाध्य भएको उनको दाबी छ ।

उनले लेखेकी छन्, ‘शो सकिएको तीन महिना बित्दा पनि मैले सम्झौता अनुसारको आधा पारिश्रमिक पनि पाएको छैन ।’

यसबारेमा उचित सल्लाह दिन उनले आफ्ना समर्थकहरुलाई आग्रहसमेत गरेकी छन् ।

‘सिंगिङ स्टार नेपाल’ जजमा त्रिशलासहित अर्जुन पोखरेल र सनुप पौडेल थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ५९ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई