संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूकोसमेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।

उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चुनौती सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थिरता र स्थायित्व कायम गर्न र स्थिरता र स्थायित्व सरकारसँग नभई देशमा सुशासन र तीव्र आर्थिक विकासमा सदुपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए ।

उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे । 

त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारबाही हुने बताए । 

उनले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए । त्यस्तै उनले भूमि समस्या समाधान आयोगको गठन भई उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताए ।  

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालु आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने उनको भनाइ छ । उनले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए ।

सरकारले विसं. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि उनले स्पष्ट गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : १० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय