जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस् « Khabarhub

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म पार्टीको नेतृत्व नछाड्नुको कारण खुलाएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘३६ वर्षसम्म के गर्यो ?’ भन्नेलाई जवाफ दिएका हुन् ।

माओवादीको नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहे पनि जिम्मेवारी सम्हाल्नेगरी कोही नेता योग्य भइनसकेको प्रचण्डले बताएका छन् ।

‘३६ वर्षसम्म के गर्‍यो भन्नेहरूलाई मेरो जवाफ छ, माओवादी धारलाई ०४८ सालमा एकताबद्ध गर्यो, ०५२ सालमा विद्रोह गर्‍यो, ०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्‍यो’, उनले भने, ‘शान्ति र विद्रोहको नेतृत्व गर्न सबै नेताले सक्छन् त ? वामपन्थी सबै एक हौँ भनेकै हो, कसका कारण एकता भएन सबैलाई थाहा नै छ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले राति सुत्ने बेलामा नेतृत्व छाड्ने कुराको ख्याल आउने पनि बताए । तर, आफूले नेतृत्व छाडेपछि पार्टी झन् बर्बाद हुने कुराले झस्काउने गरेको उनले बताए ।

‘मैले धेरै पटक आत्मसमीक्षा गरेको छु, एकथरी मान्छेलाई छटपटी भएको छ, ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्’, प्रचण्डले भने, ‘राति सुत्नेबेला म यसो सोच्छु, नेतृत्व छाडिदिऊँ कि क्या हो, फेरि एक मनले सोच्छु, मैले छोडे त झन् बर्बाद हुन्छ जस्तो लाग्छ ।’

विभिन्न पार्टीभित्र नेतृत्वको बहस चलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी उपमहासचिव जनार्दन शर्मालाई पनि जवाफ दिएका छन् ।

आफू फरक मतको विरोधी नरहेको बताउँदै उनले शर्मालाई माओवादीमै बसेर सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् ।

‘स्कुल अफ मार्क्सिज्म’ले मंगलबार गरेको ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उपमहासचिव शर्माले पार्टी पुनर्गठनमा जोड दिएका थिए । त्यही कुरालाई लिएर प्रचण्डले शर्मालाई सिँगौरी खेल्न दिइरहेको बताए ।

‘मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल कसैलाई पार्टीबाट निकालेको छैन, तर केहीलाई ननिकाले पनि के गर्ने, बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन’, उनले भने, ‘मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले सिँगौरी खेल्न दिएकै छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडेकै हुँ, त्यो भन्दा बढी के हो जनवाद ?’

उनले भिन्न मतलाई दमन गर्ने कुरा आफ्नो कमजोरी नभएको जिकिर गरे । आफ्नोबारे पार्टीभित्र पनि आलोचना हुने गरेको बताउँदै उनले फरक मत राखेकै आधारमा कसैलाई पार्टीबाट ननिकालेको बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ३२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर