चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात « Khabarhub

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा मूल्य बराबरको मोबाइल, ल्यापटप र स्मार्टवाच आयात भएको हो ।

विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २१ लाख ८४ हजार ६ सय ९४ थान मोबाइल फोन ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँमा आयात भएको थियो । जसबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, सोही आबमा नेपालमा आठ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक र २४ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागले जनाएको छ ।

सङ्ख्याका हिसाबले गत आवमा एक लाख २९ हजार ५९ थान ल्यापटप तथा नोटबुक र एक लाख ७३ हजार ६ सय ७८ थान स्मार्टवाच नेपालमा आयात भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३५ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र