इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा « Khabarhub

इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा ३५८ रनको मध्यम स्कोर खडा गरेको छ।

बिहीबार दोस्रो दिनको खेल सकिँदा यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा ऋषभ पन्तले ५४ रन जोडे। इङ्गल्यान्डका बेन स्टोक्सले ५ तथा जोफ्रा आर्चरले ३ विकेट लिए।

इङ्गल्यान्डका ज्याक क्रोलीले ८४ तथा बेन डकेटले ९४ रन जोडे। डेब्यु गरेका अशुल खम्बुजले पहिलो टेस्ट विकेटको रूपमा डकेटलाई आउट गरे।

इङ्गल्यान्डका जोए रुट ११ तथा ओलिप पोपले २० रनबाट शुक्रबार खेल्न सुरु गर्ने छन्। भारतले ऋषभ पन्तलाई चोटका कारण पहिलो दिनको सुरुमै गुमाएको थियो । उनी दोस्रो दिन ब्याटिङमा फर्किएका थिए ।

मैदानमा घाइते भएका ऋषभ पन्त। तस्बिरः क्रिकइन्फो

टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ५० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी