प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ? « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।

यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ५४ बजे

निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द

सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र

काठमाडौं– भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य

रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नेताहरूले उम्मेदवारी घोषणा गर्न

भुजीखोला पुल निर्माण अनिश्चित

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको