कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको आन्तरिक असन्तुष्टि र नीतिगत मतभेदबीच पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक गरेका छन्।

शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बसेको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूसमेत बोलाइएका थिए।

बैठकमा पार्टी नेतृत्वको समग्र कार्यशैली, मन्त्रिपरिषद्मा सहभागी नेताहरूको भूमिकालगायत विषयमा छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेस नेताहरूबीच बढ्दो असन्तुष्टि, भूमिसुधार विधेयकमा देखिएको मतभेद र निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी संशोधन प्रस्ताव बैठकका मुख्य एजेन्डा बने।

‘कुलिङ पिरियड’मा एमालेको संशोधनप्रति आपत्ति

पछिल्लो समय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउने योजनासहित नेकपा एमालेका पाँचजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। यस प्रस्तावप्रति नेपाली कांग्रेसभित्र गम्भीर असन्तुष्टि देखिएको छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारमा रहेको एमालेले‘कुलिङ पिरियड’हटाउने संशोधन प्रस्ताव हाल्नुलाई अनैतिक भनेका छन् ।

वरिष्ठ नेता शेखर कोइरालासमेत यसबारे खुलेर असन्तुष्टि जनाइरहेका छन्। पदाधिकारी बैठकमा एमाले सांसदहरूले हालेको संशोधनलाई ‘आपत्तिजनक’ भनिएको छ ।

बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले पत्रकारहरूसँग ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक रहेको ठहर गरिएको छ ।

उनले बैठकमा भूमिसुधारसम्बन्धी प्रस्तावित विधेयकमा कांग्रेसभित्रकै मतभेदको कुरा पनि उठेको बताए। पार्टी नेताहरूबीच यस विधेयकले दलित, सीमान्तकृत वर्ग र सामान्य जनता प्रभावित हुने भन्दै पुनरावलोकन आवश्यक भएको कुरा उठेको थियो ।

बैठकमा सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूको कामकारबाहीबारे पनि केही आवाज उठेको बताइएको छ। तर मन्त्री फेरबदलबारे कुनै औपचारिक छलफल नभएको केसीले बताए।

‘पदाधिकारी बैठकमा सामान्य छलफल भयो। पार्टी एकीकृत ढंगले अघि बढ्नुपर्छ भन्ने निष्कर्ष आयो। तर गहिरो र नीतिगत निर्णय भएको छैन’, उनले भने ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ४५ बजे

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको

प्रेमी पर्खेको ‘रानीसैन’

धनगढी- प्रकृति पनि रानी जस्तै हुन्छ त ? अनि रानी