जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते « Khabarhub

जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतबाट जुम्ला जाँदै गरेका फोर्स गाडी दैलेखमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वर डुंगेल मन्दिर नजिक दुर्घटना भएको हो ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका छन् । यी घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले बताए । 

उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १५ मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन् । दुर्घटना लगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : २४ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना