सुर्खेतबाट लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

सुर्खेतबाट लागूऔषधसहित तीन जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट तीन जनालाई पक्राउ गरिएको हो । 

वीरेन्द्रनगर  नगरपालिका–९ लाटीकोईली मिलनटोलस्थितमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा कमलबजार नगरपालिका– ८ घर भएका  २५ वर्षीया आर्यन शाह, वीरेन्द्रनगर नगरपालिका–३ बाट २९ वर्षीया कमल कार्की र जिल्ला दैलेख दुल्लु नगरपालिका–२१ का ध्वनिल मल्ललाई पक्राउ गरेको हो । 

शाहबाट शरीर तथा डेराकोठा खानतलासी गर्दा निजको साथबाट शुद्ध तिन ग्राम सात सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । 

त्यस्तै, कार्की र मल्ललाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर खानतलासी गर्दा निजहरूको  साथबाट लागुऔषध (नाईट्राजेपाम) २४३ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २० बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको