गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री  « Khabarhub

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री 


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा लुम्बिनीलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

रूपन्देहीको देवदहमा करिब ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजनाको अर्थमन्त्रीले पौडेलले आज सार्वजनिक गरेका हुन् । विश्वविद्यालयलाई २०७७ सालमा सरकारले करिब ९२ बिघा जमिन देवदहमा भोगाधिकारका लागि दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको आठौँ सभा बैठकले स्वीकृत गरेको थियो ।

सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले आज सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए।

‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ’, उनले भने, ‘सरकार विश्वविद्यालयको क्षमता विकासमा सहयोग गर्न सधैँ तत्पर छ ।’

विसं २०५१ मा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले अहिले विश्वविद्यालयको स्वरूपमा पुगेकामा खुसी व्यक्त गरे।

‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुनसक्छ’, उनले भने, ‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्‍याउनुपर्छ ।’

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय थप प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतमबुद्धका रूपमा ‘ब्राण्डिङ’ गरी त्यसको फाइदा उठाउँदै अन्तरराष्ट्रियस्तरमा फैलाउन निर्देशन उनले विश्वविद्यालय परिवारलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री पौडेलले ८० अर्बको गुरुयोजनाका मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिए । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले सहकार्य र समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।

सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकामा चिन्तासमेत व्यक्त गरे ।

‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन’, उनले थपे, ‘यस्ता संस्थालाई पूर्णता दिन नेतृत्वतह इमानदार हुनुका साथै संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दछ ।’

 उपप्रधानमन्त्री पौडेलले देशका ठूला आयोजना क्रमशः बन्दै गइरहेका भन्दै त्यसको संरक्षण, प्रवर्द्धन र सरसफाइमा हरेक नागरिक लाग्नुपर्ने बताए। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताए। त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनालगायत परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले देवदह गुरुयोजनाको सपना शीघ्र पूर्ण हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धान सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताए।

देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उनले गुरुयोजना कार्यान्वयन हुँदा मुलुकको नमूना विश्वविद्यालयका रूपमा स्थापित गराउन सकिने धारणा राखे । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रूपमा रहेको बताए। उनले लुम्बिनीको समग्र विकासमा सङ्घीय सरकारको विशेष चासो र सहयोग आवश्यक रहेकामा जोड दिए ।

विश्वविद्यालयले रूपन्देहीको खडैयामा रु १२ करोड ८३ लाखको लागतमा एक सय विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय छात्रावास (होस्टेल) निर्माण गर्न लागेको छ । सो छात्रावास निर्माण २० महिनाभित्र सकिने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक