‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन नियम बनाउने अधिकार नदिँदा सङ्घीयता जनतामाझ लोकप्रिय हुन समय लागेको बताएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै सभामुख धितालले सङ्घीयतालाई जनतामाझ प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका त्यतिकै महत्वपूर्ण रहने बताए । 

जनताको घरदैलोमा पुगेर जनताको काम गर्ने सङ्घीय सरकारलाई बलियो बनाउँदै लैजानुपर्नेमा उनको जोड छ । संसद्को समाचार लेख्ने सञ्चारकर्मीले गण्डकी प्रदेशसभामा हुने गतिविधिसम्बन्धि निष्पक्ष रुपमा समाचार सम्प्रेषण गरी जनतामाझ पस्कन उनले आग्रह गरे। 

गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले सञ्चारकर्मीको कलमले समाजलाई मात्र नभएर जनप्रतिनिधिलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने बताइन्। संसदीय पत्रकारहरूले प्रदेशसभाको समाचार लेख्दा कसैप्रति पूर्वाग्रही नरहेर सत्यतथ्य समाचार बाहिर ल्याउन आग्रह गरिन्।

गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले पत्रकारिता अत्यन्तै संवेदनशील विषय भएकाले कसैका विषयमा समाचार लेख्दा सचेत हुन सुझाव दिए । 
    
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका निर्वाचन समितिका संयोजक रमेश पौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ खुवाएका थिए । दुई वर्षका लागि विशन क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय संसदीय पत्रकार मञ्च गण्डकी यसअघि निर्वाचित भएको थियो । 
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ४५ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा