गगन थापाले लेखे- याद गर्नुस् भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन | Khabarhub Khabarhub

गगन थापाले लेखे- याद गर्नुस् भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजलामाथि आक्रमण भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै केही दिन यता लगातार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेका आक्रमणको घटनालाई लिएर सरकार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- अस्ति प्रेसमाथि आक्रमण हुँदा यो पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाही माथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजाल माथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला- जर्मन विद्वान् Niemöllerले भनेझैं भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बांकी हुनेछैन।‬

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ३८ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित