विश्व एक्वेटिक्समा चार पौडी खेलाडी « Khabarhub

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति ११ः०० बजे त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् ।

पुरुषतर्फ इर्भिन श्रेष्ठले एकसय र दुई सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र एकसय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

व्यवस्थापकमा नेपाल पौडी सङ्घका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् । जुलाइ ११ देखि सुरु भइसकेको उक्त प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाई २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी सङ्घका सचिव गंगालाल गोलेले जानकारी दिए ।

जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले एक सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले दुई सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ ।

त्यस्तै जुलाई ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ ।

टोलीलाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे। अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा दुई वटा राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउदै पौडीको विकास र विस्तारमा अभिभावकले पु¥याएको योगदानको प्रशंसा गरे। मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २०औँ एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउँदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : २६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्