भोजपुर–लेगुवा  सडकमा कालोपत्र नै उप्किएपछि… « Khabarhub

भोजपुर–लेगुवा  सडकमा कालोपत्र नै उप्किएपछि…


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै उप्किएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन रहेको स्थानीयवासीको आरोप छ ।

टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताए । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।

‘सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ’, उनले भने, ‘खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन । पुरिएका खाल्डा एकदुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनुपर्‍यो ।’

यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो ।

टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् ।

सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ ।

सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् ।  

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : १३ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा