घट्टेखोला–धम्पुस–खानीगाउँ सडक शिलान्यास « Khabarhub

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक शिलान्यास


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ ।

नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुई वर्षभित्र निर्माण सक्नेगरी २०८१ फागुन २१ सम्झौता गरिएको थियो ।

सडक निर्माणका लागि निर्माण कम्पनीले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए ।

सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गरे ।

यो योजना सम्पन्न भएसँगै माछापुच्छे« गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने उनको भनाइ छ ।

सडकको लम्बाइ १३.३ किलोमिटर रहने छ । पहिलो सात किलोमिटरसम्म अस्फाल्ट ‘पिच’ र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले शुक्रबारदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको धारणा राखे । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ४३ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा