पूर्णबहादुर खड्काको सुझाव- गल्ती स्वीकारौँ, निराशा नबाँडौँ | Khabarhub Khabarhub

पूर्णबहादुर खड्काको सुझाव- गल्ती स्वीकारौँ, निराशा नबाँडौँ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र नेताहरूले आफ्ना कमी–कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन् । 

मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको शनिबार आयोजित साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्म समीक्षाको गहिरो आवश्यकता रहेको औँल्याए । 

‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नु पर्छ, तर गल्ती दोहोर्‍याउनु हुँदैन,’ उपसभापति खड्काले भने, ‘अब हामीले एक–अर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ ।’ 

खड्काले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको प्रस्ट्याए । 

उपसभापति खड्काले हालै चर्चामा रहेका केही महत्त्वपूर्ण विधेयकहरूबारे पनि आफ्नो धारणा राखे । उनले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ र भूमिसम्बन्धी विधेयकलगायतका विषयहरूमा दलहरूबीच गम्भीर छलफल र सहमति आवश्यक रहेकोमा जोड दिए । 

‘भूमि विधेयकबारे केही भ्रम छरिएको छ,’ खड्काले भने, ‘यो विधेयकले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । नयाँ वन फडानी गर्ने होइन ।’

भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै खड्काले यसको अन्त्यका लागि सबै दल एक ठाउँमा उभिन आह्वान गरे । ‘देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन हो,’ उनले भने, ‘यसलाई अन्त्य गर्न हामी सबै एकजुट हुनै पर्छ ।’

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ०२ बजे

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि

बागलुङको कालभैरव मन्दिरमा भेटी संकलन तेब्बरले वृद्धि

बागलुङ- सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको

रामेछापको भटौली खोलाको पक्की पुल जोखिममा

रामेछाप- रामेछाप सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने